रोकिएन कोरोनाको प्रकोप : चीनमा फेरी बढ्न थाले संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको भनिएको कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देहशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ८ हजार ९०२ जनाको मृत्यु भईसकेको छ भने १ करोड ४६ लखा ४१ हजार ८१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८७ लाख ३५ हजार १८५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच चीनमा कोरोना भाइरसको जोखिम अझै घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा मात्रै पनि त्यहाँ थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै त्यहाँ अहिलेसम्म ८३ हजार ६८२ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

त्यहाँ ७८ हजार ७९९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?