पच्चीस बिघा जमीनको धान गर्भैमा कुहिँदा किसान चिन्तित

लोकपथ संवाददाता
0
Shares
wfg lbj; ufO{3f6, !% c;f/M ;qf}F /fli6«o wfg lbj; tyf /f]kfOF dxf]T;jsf cj;/df ;f]daf/ pbok’/sf] lqo’uf gu/kflnsf–!#, a]x8{jfsf] (^ la3f rfSnfaGbL hldgdf wfg /f]Kb} /f]kf/ . tl:a/M xl/s’df/ /fO{÷/f;;

झापा । झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

“रोपेको १५ देखि २० दिनभित्रमा धान हरियो देखिनुपर्नेमा सबै रातो देखिन्छ”, स्थानीय ४३ वर्षीय किसान सुवेदबहादुर भुजेल टाउकोमा हात राख्दै भन्छन्, “गर्भैमा रोग लाग्यो, सबै धान सखाप भयो अब के खानु ।” उनीलगायत सारु गौडाका अन्य १० जना किसानले २५ बिघा जमीनमा लगाएको धानमा यो समस्या देखा परेको छ । महँगो खनजोत, मल र बीउको प्रयोग गरी रोपेको धान सुकेपछि किसानमा थप चिन्ता बढेको छ । उनले गत वर्ष पनि धानमा सो समस्या देखा परेको र औषधि छिट्दा ठीक भएको बताउँदै भने, “धानको गुभोमा लाभ्रेजस्तो किरा देखियो, औषधि छिट्दासमेत मरेन । अगुवा रोपाइँ थियो दुई बिघा सबै सखाप भयो ।”

उनले तीन बिघा जमीनमा रञ्जित धान लगाएको बताए । दुई बिघामा लगाएको धान सखाप भए पनि बाँकी रहेको कसरी बचाउने भन्ने चिन्तामा उनी देखिन्छन् । उनले धानमा कुन रोग लागेको र के औषधि छिट्नुपर्छ भन्नेबारे जानकारी नहुँदा समस्या भएको बताए ।

स्थानीय सरकारको ध्यान कृषितर्फ भन्दा पनि बाटो, पुल, कल्भर्टलगायत भौतिक पुनःसंरचनामा देखिँदा किसान मारमा परेको स्थानीय सामाजसेवी गोविन्द न्यौपानेको आरोप छ । कृषकको बालीमा लागेको रोग, मल बीउ, प्राविधिक र सिँचाइका समस्यामा स्थानीय सरकारले चासो दिनुपर्ने उनको भनाइ छ । “किसानलाई प्राविधिक ज्ञान छैन”, उनी भन्छन्, “धानमा के समस्या आउँदा कस्तो औषधि छिट्ने भन्ने विज्ञबाट स्थानीय सरकारले बेलैमा तालीम दिएको भए किसान आफैँले सानोतिनो रोगको निदान गर्न सक्थे, आज यस्तो समस्या आउँदैन थियो ।”

कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जिल्लामा कुनै पनि किसानले रोगका कारण धान मरेको जानकारी नदिएको बताए । उनले भने, “हामीसँग विज्ञ प्राविधिक छन्, समस्याबारे जानकारी पाए प्राविधिक पठाएर औषधिको व्यवस्था गर्ने थियौँ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?