कोरोनाको प्रकोप : भारतमा संक्रमितको नयाँ रेकर्ड, थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म ६ लाख ८ हजार ८५४ जनाको मृत्यु भएको छ भने १ करोड ४६ लाख ४० हजार ३२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८७ लाख ३० हजार ३४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५९ हजार ८१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको कारण अहिलेसम्म २७ हजार ५०३ जनाको मृत्यु भएको छ भने ११ लाख १८ हजार १०७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख ३९९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा आईतवार आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । आईतवार मात्रै त्यहाँ ४० हजार २४३ जना नयाँ संक्रमित थपिएका छन् भने ६७५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?