कोरोना विश्व अपडेटः ६ लाख ६ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६ हजार ७ सय ८८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ४५ लाख ३३ हजार २ सय ३८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ८६ लाख ७१ हजार ७ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ९ सय ७० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४३ हजार ५१ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २७ हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३८ लाख ६० हजार २ सय ८२ पुगेको छ । हालसम्म १७ लाख ७६ हजार ४ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ६ सय ६३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १ हजार ३ सय ८९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २० लाख ७६ हजार ६ सय ३५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७८ हजार ८ सय ७१ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १३ लाख ६६ हजार ७ सय ७५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५४ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार ५ सय २ पुगेको छ । बितेको २४ घण्टामा ३८ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ११ लाख १६ हजार ६ सय १३ पुगेको छ । हालसम्म ७ लाख ३ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ७४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ३ सय ४२ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार १ सय ९ जनामा कोरोना पुष्टि भएको र ९५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ७१ हजार ५ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ५० हजार ३ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ९ सय ४८ पुगेको छ । हालसम्म ३ लाख ५० हजार ८ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको कुनै असर देखिएको छैन् ।

पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा १२ हजार ९ सय ९८ जनाको कोरोनाको कारण ज्यान गएको छ । भने ३ लाख ५० हजार ८ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ३८ हजार ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय ११ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ७ हजार ६ सय १५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३८ हजार ९ सय १३ पुगेको छ । हालसम्म कोरोनाको कारण ३८ हजार ८ सय ८८ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ५ सय ७८ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख १३ हजार ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ४५ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको पनि ज्यान गएको छैन् । यो समाचार तयार पार्दासम्म चिलिमा ३ लाख २८ हजार ८ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ र संक्रमितमध्ये २ लाख ९९ हजार ४ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ७ सय ९२ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय २० पुगेको छ । हालसम्म ३ लाख ७ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?