युएइमा कोरोनाका कारण ३ सय ३९ को मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म ३ सय ३९ जना मानिसको ज्यान गइसकेको छ, भने ५६ हजार ९ सय २२ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ । युएइमा स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ४९ हजार २ सय ६९ रहेको छ भने हाल युएइमा १ जनाको अवस्था गम्भिर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६ हजार ७ सय ६० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ४५ लाख ३० हजार ३ सय ९५ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट ८६ लाख ७० हजार २ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?