काठमाडौं । खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म १ लाख ६ हजार ६ सय ४८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ भने १ सय ५७ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ३ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।
कतारमा आजे मात्र ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कतारमा १ लाख ३ हजार ३ सय ७७ जना स्वास्थ्य लाभ पछि घर फर्केका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६ हजार ७ सय ६० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ४५ लाख ३० हजार ३ सय ९५ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट ८६ लाख ७० हजार २ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया