चीनमा आज पनि थपिए १६ संक्रमित

काठमाडौं । चीनमा आइतबार पनि १६ संक्रमित थपिएका छन् । यसअघि शनिबार चीनमा २२ जना संक्रमित भेटिएका थिए ।

कोरोनाभाइरसको इपिसेन्टर मानिने चीनमा संक्रमण महामारी नियन्त्रणमा आएपनि छिटफुट रुपमा संक्रमित भेटिइरहेका छन् ।

हालसम्म चीनमा ८३ हजार ६६० जनामा संक्रमण पुष्टि भएको छ भने हाल २५१ जना मात्रै संक्रिय संक्रमित रहेका छन् ।

हालसम्म संक्रमितमध्ये ७८ हजार ७७५ जना संक्रमण मुक्त रहेका छन् भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६ हजार ७ सय ६० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ४५ लाख ३० हजार ३ सय ९५ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ८६ लाख ७० हजार २ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?