कुवेतमा ४९ हजार ६ सय बढी कोरोना संक्रमण मुक्त, कति छन् मृतक ?

काठमाडौं । खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ४०८ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ५९ हजार २ सय ४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये ४९ हजार ६ सय ८७ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ६ लाख ६ हजार ७ सय ५१ जना मानिसको मृत्यु भइसकेको छ । भने १ करोड ४५ लाख २९ हजार ६ सय २ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ८६ लाख ७० हजार २ सय ९३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?