यस्तो छ साउदी अरबको पछिल्लो कोरोना अपडेट

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण २ हजार ४ सय ८६ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ५० हजार ९ सय २० जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ३९ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै २ हजार ५ सय ४ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा १ लाख ९७ हजार ७ सय ३५ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २ हजार १ सय ८० जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ६ लाख ६ हजार ७ सय ५१ जना मानिसको मृत्यु भइसकेको छ । भने १ करोड ४५ लाख २९ हजार ६ सय २ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ८६ लाख ७० हजार २ सय ९३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?