स्वास्थ्य मन्त्रालयको ‘ग्राफ’ मा हेर्नुहोस् – नेपालमा कोरोना अपडेटको विवरण

काठमाडौं – नेपालमा आज (आईतवार) थप १५६ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

हालको अवस्थामा नेपालमा ‘एक्टिभ केस’ अर्थात् उपचाररत संक्रमितको संख्या ५,९२३ जना रहेको छ ।

जसमध्ये प्रदेश नम्बर १ मा ७९ जना प्रदेश २ मा १ हजार ८ सय ८६ जना, बाग्मती प्रदेशमा ४१० जना, गण्डकी प्रदेशमा ४२८ जना प्रदेश ५ मा ४४७ जना कर्णाली प्रदेशमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ७७ जना रहेका छन् ।

नेपालमा हिजो (शनिवार) ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो दुई महिनायताकै कम संख्यामा संक्रमित थपिएका थिए ।

यसैबीच यो साता विदेशमा कोरोनाबाट थप १६ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, यूएईमा पाँच र कुवेतमा तीन जनाको मृत्यु भएको हो ।

कतारमा मृत्यु भएका आठमध्ये दुई जनाको मृत्यु हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको मृत्युपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ । शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए। संघका अनुसार जम्मा कोराना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये सबै मुक्त भएका छन् । साथै मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको सङ्क्रमण नरोकिएको संघले आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।

हालसम्म विभिन्न देशमा कूल ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना सङ्क्रमणमुक्त भएको संघको तथ्याङ्क छ ।
 यसैगरी भारत, साउदी अरेबिया, युएई र कुवेतमा मात्र यस साता ९५० नेपालीमा कोरोना सङ्क्रमण देखिएको समितिले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कहाँ कति थपिए संक्रमित ? 

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा :  सुनसरीका १ जना

गजेन्द्र नाराणय सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका ३२ जना र सिरहाका १ जना

नारायणी अस्पताल विरगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा :  पर्साका ७ जना र बाराका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा :  सर्लाहीका २३ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा  : काठमाडौंका १ जना, ललितपुरका २ जना र मोरङका १ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटांैडामा गरिएको परिक्षणमा : सर्लाहीका २ जना, रौतहटका २ जना र मकवानपुरका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोगशालामा गरिएको परिक्षणमा : कास्कीका ६ जना र लमजुङका ६ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा :  बाग्लुङका १ जना, म्यादीका ६ जना, स्याङ्जाका २ जना र पर्वतका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : रुपन्देहीका २ जना र प्यूठानका १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको परिक्षणमा : बाँकेका ५ जना, बर्दियाका १० जना र दाङका ५ जना

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परिक्षणमा : नवलपरासीका १० जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा : सल्यानका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धरामा गरिएको परिक्षणमा :  डडेल्धराका २ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा : कैलालीका २४ जना

 

कोरोना संक्रमण मुक्त भए यी ८ जिल्ला : भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला

५०० भन्दा बढी संक्रमित उपचाररत भएका ३ जिल्ला : रौतहट, कैलाली, बाजुरा

 

हालसम्म कुन प्रदेशमा कति छन् संक्रमित, निको हुने, क्वारेन्टाईनमा र मृत्यु हेर्नुहोस् विवरण  :

प्रदेश १ मा  : ८३० जना संक्रमितमध्ये ७५१ जना संक्रमणमुक्त, ७९ जना उपचाररत, २२९४ जना क्वारेन्टाईनमा, शुन्य मृत्यु

प्रदेश २ मा  : ४५५१ जनामा संक्रमण, २६५९ जना संक्रमणमुक्त, १८८६ जना उपचाररत, २६२४ जना क्वारेन्टाईनमा, ६ जनाको मृत्यु

बाग्मती प्रदेशमा :  ८५६ जनामा संक्रमण, ४२७ जना संक्रमणमुक्त, ४१० जना उपचाररत, १८७५ जना क्वारेन्टाईनमा, ९ जनाको मृत्यु

गण्डकी प्रदेशमा : १३८१ जनामा संक्रमण , ९४८ जना संक्रमणमुक्त, ४२८ जना उपचाररत, ३४११ जना क्वारेन्टाईनमा, ५ जनाको मृत्यु

प्रदेश ५ मा : ४१७२ जनामा संक्रमण , ३७१५ जना संक्रमणमुक्त, ४४७ जना उपचाररत, ३६८८ जना क्वारेन्टाईनमा, १० जनाको मृत्यु

कर्णाली प्रदेशमा : १८१४ जनामा संक्रमण, १५१४ जना संक्रमणमुक्त २९६ जना उपचाररत, १५५० जना क्वारेन्टाईनमा, ४ जनाको मृत्यु

र, सुदूरपश्चिम प्रदेशमा : ४०५४ जनामा संक्रमण, १६७१ जना संक्रमणमुक्त, २३७७ जना उपचाररत, ७२२० जना क्वारेन्टाईनमा, ६ जनाको मृत्यु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?