कोरोना विश्व अपडेट : पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित थपिए, कतिको मृत्यु ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ६ लाख ५ हजार ७३३ जनाको मृत्यु भएको छ भने १ करोड ४४ लाख ६० हजार ३७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८६ लाख ४४ हजार ८९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ११५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोनाबाट अत्याधिक प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म १ लाख ४२ हजार ८८३ जनाको मृत्यु भईसकेको छ भने ३८ लाख ३५ हजार ४३० जनालाई संक्रमण भएको छ । त्यस्तै १७ लाख ७५ हजार ४५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६ जनाको मृत्यु भएको छ भने २ हजार १५९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा कोरोनाबाट ७८ हजार ८१७ जनाको मृत्यु भएको छ भने २० लाख ७५ हजार २४६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १३ लाख ६६ हजार ७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा २६ हजार ८७३ जनाको मृत्यु भएको छ भने १० लाख ८१ हजार ४७७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६ लाख ८० हजार ५९४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४५ जनाको मृत्यु भएको छ भने ३ हजार ६१३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै दक्षिण अफ्रिकामा अहिलेसम्म ४ हजार ९४८ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५० हजार ८७९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८२ हजार २३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा अहिलेसम्म १२ हजार ९९८ जनाको मृत्यु भएको छ भने ३ लाख ४९ हजार ५०० जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ लाख ३८ हजार ८६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३८ हजार ८८८ जनाको मृत्यु भएको छ भने ३ लाख ३८ हजार ९१३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ लाख १३ हजार ६ जना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५७८ जनाको मृत्यु भएको छ भने ७ हजार ६१५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै चिलीमा ८ हजार ४४५ जनाको मृत्यु भएको छ भने ३ लाख २८ हजार ८४६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ९९ हजार ४४९ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ७९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा २८ हजार ४२० जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार ३३५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै बेलायतमा ४५ हजार २७३ जनाको मृत्यु भएको छ भने २ लाख ९४ हजार ६६ जनालाई संक्रमण भएको छ । त्यहाँ १४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म १४ हजार १८८ जनाको मृत्यु भएको छ भने २ लाख ७३ हजार ७८८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ३७ हजार ७८८ जना संक्रमण मुक्त भएका छन् भने ३ हजार ५५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा २०९ जनाको मृत्यु भएको छ भने २ हजार १८२ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वमा १ हजार ४९० जनाको मृत्यु भएको छ भने ४५ हजार ७१७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?