काठमाडौं – नेपालमा बितेको २४ घण्टामा (आईतवार) थप १५६ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार ‘कोभिड- १९’ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
हालको अवस्थामा नेपालमा एक्टिभ केस अर्थात् उपचाररत संक्रमितको संख्या ५,९२३ जना रहेको छ । जसमध्ये प्रदेश नम्बर १ मा ७९ जना प्रदेश २ मा १ हजार ८ सय ८६ जना, बाग्मती प्रदेशमा ४१० जना, गण्डकी प्रदेशमा ४२८ जना प्रदेश ५ मा ४४७ जना कर्णाली प्रदेशमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ७७ जना रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ पुगेको छ । यो ६६. २४ प्रतिशत हो ।
नेपालमा हिजो (शनिवार) ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार दुई महिनायताकै कम संक्रमित पुष्टि भएका थिए ।
यसैबीच एकसातामा विदेशमा कोरोनाबाट थप १६ नेपालीको मृत्यु भएसँगै शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ । कूल ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना सङ्क्रमणमुक्त भएका छन् ।
हालसम्म कुन प्रदेशमा कति छन् संक्रमित, निको हुने, क्वारेन्टाईनमा र मृत्यु हेर्नुहोस् विवरण :
प्रदेश १ मा : ८३० जना संक्रमितमध्ये ७५१ जना संक्रमणमुक्त, ७९ जना उपचाररत, २२९४ जना क्वारेन्टाईनमा, शुन्य मृत्यु
प्रदेश २ मा : ४५५१ जनामा संक्रमण, २६५९ जना संक्रमणमुक्त, १८८६ जना उपचाररत, २६२४ जना क्वारेन्टाईनमा, ६ जनाको मृत्यु
बाग्मती प्रदेशमा : ८५६ जनामा संक्रमण, ४२७ जना संक्रमणमुक्त, ४१० जना उपचाररत, १८७५ जना क्वारेन्टाईनमा, ९ जनाको मृत्यु
गण्डकी प्रदेशमा : १३१ जनामा संक्रमण , ९४८ जना संक्रमणमुक्त, ४२८ जना उपचाररत, ३४११ जना क्वारेन्टाईनमा, ५ जनाको मृत्यु
प्रदेश ५ मा : ४१७२ जनामा संक्रमण , ३७१५ जना संक्रमणमुक्त, ४४७ जना उपचाररत, ३६८८ जना क्वारेन्टाईनमा, १० जनाको मृत्यु
कर्णाली प्रदेशमा : १८१४ जनामा संक्रमण, १५१४ जना संक्रमणमुक्त २९६ जना उपचाररत, १५५० जना क्वारेन्टाईनमा, ४ जनाको मृत्यु
र, सुदूरपश्चिम प्रदेशमा : ४०५४ जनामा संक्रमण, १६७१ जना संक्रमणमुक्त, २३७७ जना उपचाररत, ७२२० जना क्वारेन्टाईनमा, ६ जनाको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया