काठमाडौं । नेपालमा हालसम्म ११ हजार ६ सय ९५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र देशभरबाट थप ५८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । त्यस्तै नेपालमा आज (आईतवार) थप १५६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ । कुल संक्रमितमध्ये ६६ दशमलव २४ प्रतिशत कोरोना संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
हालसम्म सबैभन्दा धेरै प्रदेश नं ५ बाट ३ हजार ६ सय ८८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । भने सबैभन्दा कम बाग्मती प्रदेशबाट ४ सय २७ जना कोरोना मुक्त भइ घर फर्किएका छन् ।
हालसम्म कुन प्रदेशबाट कति भए कोरोना संक्रमणमुक्त ?
प्रदेश नं १ मा ७ सय ५१ जना
प्रदेश नं २ मा २ हजार ६ सय ५९ जना
बाग्मती प्रदेशमा ४ सय २७ जना
गण्डकी प्रदेशमा ९ सय ४८ जना
प्रदेश नं ५ मा ३ हजार ७ सय १५ जना
कर्णाली प्रदेशमा १ हजार ५ सय १४ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया