काठमाडौं । कोरोना भाइरसको कारण मृत्यु भएका आफन्तलाई विदाई गर्न नपाएका कारण अमेरिकामा शवलाई गाड्नुको सट्टाको जलाउने चलन बढ्न थालेको छ ।
अमेरिकामा आफन्त जलाएको रागले जीवनभर या दगर्न सकियोस् भनेर गाड्नको सट्टा जलाउन थालिएको हो ।
यो भन्दा अगाडि मृत्यु हुनेहरुलाई उनीहरुले अंगालो हाल्न पाउँथे तर कोरोनाको कारण उनीहरुले अंगालो हाल्न नपाउँदा मृतकको जलेको रागलाई लिएर जीवनभरि सम्झिराख्ने मनशायले उनीहरुले दाहसंस्कार गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
नेशनल फ्यूनरल डाइरेक्टर्स एसोसिएशनका प्रवक्ता डच नाईका अनुसार कोरोना भाइरस आएपछि यो परिवर्तन देखेको बताएका छन् ।
धेरै संख्यामा मानिसहरुले दाहसंस्कारबाट आफन्तको शवको बिदाई गर्न चाहेको उनले बताएका छन् ।
दाहसंस्कारमा आफन्त टाढै उभिएर सोसल डिस्टेन्सिङको पालना गर्दै दाहसंस्कार गर्ने गरिन्छ ।
यसमा विभिन्न ठाउँमा जाने केहि आवश्यक्ता नरहेको र गाड्ने प्रक्रियामा झनै लामो प्रक्रिया हुने गरेको उनी बताउँछन् ।
दाहसंस्कार सहज प्रक्रिया
दाह संस्कारमा शवलाई उच्च तापक्रममा जलाइने भएकोले परिवारलाई कोरोनाबाट मृतकको शव दिने गरिन्छ । आफन्तले पीपीई किट लगाएर आफन्तको शव बुझ्ने गर्दछन् ।
कम समयमा सकिन्छ काम
नाईका अनुसार दाह संस्कार गर्नका लागि थोरै समय लाग्ने भएकोले पनि दाहसंस्कार गर्नेको संख्यामा वृद्धि भएको छ । तर गाड्नको लागि प्रार्थना साभा र खाल्डो खन्न समेत गरेर धेरै समय लाग्छ ।
आर्थिक समस्याका कारण दाह संस्कार गर्ने धेरै
दाह संस्कार गराउँदा गाड्नु भन्दा कम खर्च लाग्छ । लगभग जलाउँदा गाडेको भन्दा ५० प्रतिशत कम खर्च लाग्छ । तर दाहसंस्कार गर्दा जम्मा १६ सय डलर मात्र लाग्ने गरेको र्नाले बताए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया