मोबाइलको सेवाको वार्षिक नविकरण शुल्कप्रति टेलिकमका कर्मचारीहरुको विरोध

काठमाडौं । मोबाईल सेवाको वार्षिक नविकरण शुल्कप्रति नेपाल टेलिकमका कर्मचारीहरुले तीव्र विरोध जनाएका छन् ।

सर्वसाधारण जनताको समेत शेयर लगानी रहेको टेलिकम जस्तो सार्वजनिक संस्थानलाई निजी कम्पनी जसरी सञ्चालकहरुले एक्लौटी रुपमा चलाएको र अर्बौ रुपैयाँ नविकरणको नाममा राज्यलाई पोसेको भन्दै कर्मचारी संगठनहरुले विरोध गरेका हुन् ।

शुक्रबार नेपाल टेलिकमकै प्रधान कार्यालय, भद्रकालीमा पत्रकार सम्मेलन गर्दै कर्मचारी युनियन नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एन्टिन), नेपाल टेलिकम वर्कर्स युनियन (एन्टिसिवयु) र नेपाल टेलिकम कर्मचारी युनियन (एन्टियु) ले संयुक्त रुपमा विरोधसभा आयोजना गरेका छन् ।

यी संगठनहरुले कर्मचारीको सल्ला सुझाव विना टेलिकमको संचालक समिति आफुखुशी अघि बढेको, संस्था र कर्मचारीको वृद्धि विकासमा संस्थाले ध्यान नदिएको र सेवाग्राहीको सेवामा समेत सुधार गर्न नेतृत्वकर्ताहरुले तदारुक्ता नदेखाएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ ।

आज (आइतवार) देखि संयुक्त रूपमा धर्नाका कार्यक्रमहरू सुरूवात गरिएको छ।

हाल नेपाल टेलिकममा नेपाल सरकारको ९२ प्रतिशत र कर्मचारी र सर्वसाधारणको ८ प्रतिशत शेयर लगानी रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?