ईरानमा २.५ करोड मानिस कोरोना संक्रमित भएको ईरानी राष्ट्रपतिको दाबी

काठमाडौं । संसारभर नै कोरोना भाइरसको महामारी तीव्र रुपले फैलिरहेको छ ।

अहिलेसम्म ६ लाख भन्दा धेरै मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् भने १ करोड ४४ लाख भन्दा धेरै मानिसहरुलाई कोरोना संक्रमण भएको छ ।

यसैबीच ईरानका राष्ट्रपति हसन रुहानीले एक बयानका क्रममा ईरानमा २.५ करोड मानिसहरुलाई कोरोना भएको बताएका छन् ।

वर्ल्डोमिटरका अनुसार ईरानमा अहिलेसम्म २ लाख ७१ हजार ६०६ जनालाई संक्रमण भएको छ भने १३ हजार ९७९ जनाको मृत्यु भएको छ ।

त्यस्तै २ लाख ३५ हजार ३०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ५२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

उनले यो संख्या स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?