कोरोनाको प्रकोप : अमेरिकामा शनिवार ६३ हजार बढी संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाका कारण ६ लाख ४ हजार ९१७ जनाको मृत्यु भएको छ भने १ करोड ४४ लाख २५ हजार ८६५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८६ लाख १२ हजार १९४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५९ हजार ९२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ४२ हजार ८७७ जनाको मृत्यु भएको छ भने ३८ लाख ३३ हजार २७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १७ लाख ७५ हजार २१९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ५५२ जनाको मृत्यु भएको छ भने ४ लाख ३३ हजार ३१४ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म ७ हजार ७०२ जनाको मृत्यु भएको छ भने ३ लाख ८२ हजार ९६८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म ३ लाख ३७ हजार ५६९ जनालाई संक्रमण भएको छ भने ४ हजार ८९८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा शनिवार ६३ हजार २५९ जना संक्रमित थपिएका छन् भने ८१३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?