काठमाडौं । कोरोनका कारण अहिले सारा विश्वनै त्रस्त छ । कोरोनाको कारण विश्वभर ६ लाख १ हजार ६ सय ५४ जना मानिसको मृत्यु भइसकेको छ । भने १ करोड ४३ लाख ५ हजार ७ सय ६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ८५ लाख ४५ हजार ८ सय ४५ जना रहेका छन् ।
खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण २ हजार ४ सय ४७ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ४८ हजार ४ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ४० जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै २ हजार ५ सय ६५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा १ लाख ९४ हजार २ सय १८ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २ हजार १ सय ८२ जनाको अवस्था गम्भिर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया