काठमाडौं । नेपाल टेलिकम वर्कर्स यूनियन काठमाडौं क्षेत्रीय समितिले साउन ६ गते पर्ने यूनियनको २९ औँ जन्मोत्सवको पुर्व सन्ध्यामा वृक्षारोपण कार्यक्रम जोरपाटी स्थित नेपाल टेलिकमको हाता भित्र सम्पन्न गरेको छ ।
कोभिड-१९ को महामारीले गर्दा सिमित सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता क्षेत्रीय अध्यक्ष अचुत कुमार ओझाले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथ्यता गरेका वर्कर्स यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद जोशीले सामाजिक उतरदायीत्वमा सधै अगाडि रहेको यूनियनले कार्यथलोमा स्वच्छ हावामा काम गर्ने वातावरण निर्माण गर्न सधै लागि रहने बताए ।

उनले जमिन खेर नफाली सबै खालि जमिन भएका ठाउमा व्यवस्थापनले वृक्षारोपण र बगैँचा निर्माणमा ध्यान दिन सुझाव दिए ।
साथै कम्पनिमा केहि चुनौति रहेको र त्यसलाई जित्न व्यवस्थापन एक्लै दौडिएर सम्भव नहुने वरू व्यवस्थापनले यूनियनलाई आफ्ना वाचा पूरा गरेर साथमा सँगै लिगेर अगाडि बढ्नु उपयुक्त हुने अन्यथा यूनियनले कम्पनी र कर्मचारी हकहितको लागि कठोर निर्णय लिनुको विकल्प नरहेको भनाई राखेका थिए ।
जोरपाटि ईकाइका अध्यक्ष तेज कुमार खड्का केन्द्रीय पुर्व अध्यक्ष राजेन्द्रप्रसाद दाहालले आफ्ना भनाई राखेका थिए । कार्यक्रमका सभापति ओझाले वृक्षारोपण मानवीय र पर्यावरणीय दुवै हिसाबले पवित्र कार्य भएको र यसले मानिसलाई सुन्दर जिवनयापनको लागि स्वच्छ हावा पानी र हरियालि प्रदान गर्ने भएकोले यस्ता कार्यक्रमलाई यस यूनियनले सँधै निरन्तरता दिने समेत बताए ।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा हुने कार्यक्रमहरूमा समेत सहभागीताको लागि अनुरोध गरे । साथै उनले हामी आज जे रोप्छौ भोलि तेहि फल्ने, अम्बा रोपेर कागति नफल्ने भन्दै व्यवस्थापनलाई विवाद र विभेदको बिरुवा कम्पनिमा नरोप्न र न हुर्काउन आग्रह गरे ।
अन्यथा यस्ता विष वृक्षको अन्त्यको लागि वर्कर्स यूनियनले आन्दोलन गर्नुको विकल्प नभएको बताए । जुन कम्पनी र व्यवस्थापन दुवैको स्वास्थ्यको लागि राम्रो हुने नहुँने उनले बताए । साथै व्यवस्थापनले आफ्ना गल्ती सच्याएर आउनुको कुनै विकल्प नरहेकोले तत्काल आफूमा सुधार गर्न चेतावनी दिए । कार्यक्रम संयोजन तथा संचालन सह सचिव लक्ष्मी लामिछानेले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया