काठमाडौं । नेपालमा हालसम्म १७ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ११ हजार ६ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । जुन कुल संक्रमितको ६६ दशमलव १२ प्रतिशत हो । बितेको २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । भने १०३ जना कोरोना मुक्त भएर घर फर्किएका हुन् । हालसम्म पुष्टि भएको संक्रमितमध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा रहेका छन् । जहाँ ४ हजार ४ सय ८३ जनामा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छ । भने सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् । जहाँ ८ सय २८ जनामा कोरोना संक्र्रमण पुष्टि भएको छ ।
हालसम्म कुन प्रदेशमा कति जनामा संक्रमण पुष्टि ?
प्रदेश नं १ मा ८ सय २८ जना
प्रदेश नं २ मा ४ हजार ४ सय ८३ जना
बाग्मती प्रदेशमा ८ सय ५२ जना
गण्डकी प्रदेशमा १ हजार ३ सय ५९ जना
प्रदेश नं ५ मा ४ हजार १ सय ३९ जना
कर्णाली प्रदेशमा १ हजार ८ सय १३ जना
सुदूरपश्चिम प्रदेशमा ४ हजार २८ जना
आज थपिएका संक्रमित कहाँका कति ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मोरङका ९ जना, तेर्हथुम २ जना, ईलामका १ जना, झापाका १ जना, बाराका १ जना, सर्लाहीमा २ जना, नुवाकोट १ जना, बाग्लुङ १ जना, पर्वत १ जना, गुल्मीका २ जना, पाल्पाका २ जना, दैलेखका ५ जना, सल्यान १ जना, रुकुम पश्चिमका ३ जना, डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना, कैलालीका १३ जना, कञ्चनपुरका १ जना गरी बितेको २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया