काठमाडौं । नेपालमा हाल ५ हजार ८ सय २५ जना कोरोना संक्रमित रहेका छन् । बितेको २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ ।
हालसम्म ११ हजार ६ सय ३७ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र १०३ जना कोरोना मुक्त भइ घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
देशका विभिन्न अस्पतालहरुमा उपचाररत संक्रमितहरुमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ २ हजार ३ सय ५२ जना संक्रमित रहेका छन् । भने सबैभन्दा कम प्रदेश नं १ मा ७९ जना रहेका छन् ।
कुन प्रदेशमा कति छन् संक्रमित ?
प्रदेश नं १ मा ७९ जना
प्रदेश नं २ मा १ हजार ८ सय ४४ जना
बाग्मती प्रदेशमा ४ सय ११ जना
गण्डकी प्रदेशमा ४ सय ८ जना
प्रदेश नं ५ मा ४ सय १४ जना
कर्णाली प्रदेशमा ३ सय १७ जना
सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना
आज थपिएका संक्रमित कहाँका कति ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मोरङका ९ जना, तेर्हथुम २ जना, ईलामका १ जना, झापाका १ जना, बाराका १ जना, सर्लाहीमा २ जना, नुवाकोट १ जना, बाग्लुङ १ जना, पर्वत १ जना, गुल्मीका २ जना, पाल्पाका २ जना, दैलेखका ५ जना, सल्यान १ जना, रुकुम पश्चिमका ३ जना, डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना, कैलालीका १३ जना, कञ्चनपुरका १ जना गरी बितेको २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया