काठमाडौं । नेपालमा हाल २३ हजार २ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै मानिस क्वारेन्टाइनमा रहेका छन् । जहाँ ६ हजार २ सय २७ जना रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । जहाँ १ हजार ६ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् ।
नेपालमा हाल ५ हजार ८ सय २५ जना संक्रमित रहेका छन् । बितेको २४ घण्टामा थप ५७ जना संक्रमण पुष्टि भएको छ ।
हालसम्म ११ हजार ६ सय ३७ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् ।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा २ हजार ३ सय ९२ जना
प्रदेश नं २ मा २ हजार ३ सय ४४ जना
बाग्मती प्रदेशमा २ हजार ३५ जना
गण्डकी प्रदेशमा ३ हजार ६ सय ८७ जना
प्रदेश नं ५ मा ३ हजार ९ सय ४५ जना
कर्णाली प्रदेशमा १ हजार ६ सय ४५ जना
सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय २७ जना
आज थपिएका संक्रमित कहाँका कति ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मोरङका ९ जना, तेर्हथुम २ जना, ईलामका १ जना, झापाका १ जना, बाराका १ जना, सर्लाहीमा २ जना, नुवाकोट १ जना, बाग्लुङ १ जना, पर्वत १ जना, गुल्मीका २ जना, पाल्पाका २ जना, दैलेखका ५ जना, सल्यान १ जना, रुकुम पश्चिमका ३ जना, डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना, कैलालीका १३ जना, कञ्चनपुरका १ जना गरी बितेको २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया