ओली-प्रचण्डबीच भेटघाट

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्नुअघि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटघाट भएको छ।

छलफलका लागि अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

आज नेकपाको सचिवालय बैठक बस्दै छ । पार्टीको आन्तरिक विवाद समाधानको लागि सचिवालय बैठक बोलाइएको हो ।

असार १० गतेबाट शुरु भएको बैठक हिजोको लागि तय गरिएको थियो । शुक्रवार ३ पटक सारिएको बैठक आइतवार (भोली) बस्न लागेको छ ।

नेकपाभित्रको घर झगडा मिलाउनको लागि पछिल्लो समय दुई अध्यक्षबीच भेटघाट चलिरहेको छ । तर अध्यक्षद्वयको बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?