काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को उपचारको रुपमा बनाइएको भनिएको योगगुरु रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडको औषधि कोरोनिललाई मद्रास उच्च न्यायालयले प्रयोग गर्न रोक्न निर्देशन दिएको छ ।
साथै अदालतले कम्पनीलाई यो औषधिको प्रयोग कोरोनाका संक्रमितमा नगर्न आदेश दिएको हो ।
न्यायमूर्ति सीभी कार्तिकेयनले चेन्नईको कम्पनी अरुद्रा इन्जीनियरिङ लिमिटेडको अर्जीमाथि ३० जुलाईमा यो अन्तरिम आदेश जारी गरेको हो ।
कम्पनीका अनुसार उसले सन् १९९३ मा कोरोनिल २१३ एसपीएल र कोरोनिल ९२ बी को पञ्जीकरण गरेको थियो र त्यहि बेला देखि नै यसले नवीकरण गराईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया