काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
शनिवार दिउँसो ३ बजेका लागि बैठक बस्न लागेको हो ।
पछिल्लो समय पार्टी भित्रको आन्तरिक विवाद वार्ताका माध्यमबाट समाधान गर्न सचिवालय बोलाइएको एक नेताले बताए । पार्टीभित्रको विवाद स्थायी कमिटिमा छलफल भइरहेका बेला शुक्रवार आजको लागि बैठक तय गरिएको हो ।
लामो समय पछि गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजिनामा मागिएको थियो । विवादकाबीच असार १४ गते मदन भण्डारीको स्मृती दिवसका अवसरमा ओलीले दिएको अभिव्यक्ति पछि विवाद एकाएक झन चुलियो ।
ओलीले नयाँ नक्सा जारी गरेसँगै आफूलाई भारतले हटाँउन लागेको तर्क गरेका थिए । स्थायी कमिटि बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नभइ आफूहरुले ओलीको राजिनामा माग गरेको बताएका थिए । तर प्रधानमन्त्री ओलीले भने आफूले कुनै पनि हालतमा राजिनामा नदिने अडान लिएका छन् ।
शुक्रवारका लागि तय गरिएको स्थायी कमिटी बैठक तीन पटक सार्दै आइतवारका लागि तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया