अभिनेत्री ऐश्वर्या र उनकी छोरी आराध्या अस्पताल भर्ना

काठमाडौं । कोरोना पोजेटिभ पाइएको पाँच दिन पछाडि पूर्व विश्व सुन्दरी ऐश्वर्य राय बच्चन र उनकी छोरी आराध्या अस्पतालमा भर्ना भएका छन् ।

उनीहरु पनि बलिउड महानायक अमिताभ बच्चन र अभिषेक बच्चन भर्ना भएकै अस्पताल अर्थात् नानावतीमा भर्ना भएका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

गत शनिवार बच्चन परिवारका दुई सदस्य अमिताभ र छोरा अभिषेकले ट्वीटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

त्यसपछि घरका सबैलाई गरिएको स्वाब परीक्षणका क्रममा बुहारी ऐश्वर्या र नातिनी आराध्यामा कोरोना पोजेटिभ पाइएको थियो ।

कोरोना पोजेटिभ पाइएपछि उनीहरु पाँच दिनसम्म होम आइसोलोसनमा बसेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?