काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाका कारण ५ लाख ९९ हजार ३३९ जनाको मृत्यु भईसकेको छ भने १ करोड ४१ लाख ८९ हजार २० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८४ लाख ५५ हजार १६५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार १४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोनाबाट अहिलेसम्म २६ हजार २८५ जनाको मृत्यु भएको छ भने १० लाख ४० हजार ४५७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ ६ लाख ५४ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा शुक्रवार मात्रै ३४ हजार ८२० जना संक्रमित थपिएका छन् भने ६७६ जनको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया