सबै भन्दा धेरै संक्रमित भएका अमेरिकाको पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ९५ हजार ७१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ४० लाख ६३ हजार ७ सय ९३ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट ३ लाख ७३ हजार १ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ९ सय ६१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४१ हजार ५ सय १६ जनाको ज्यान गइसकेको छ ।

बितेको २४ घण्टामा ३० हजार ८ सय जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३७ लाख २५ हजार ८ सय २५ पुगेको छ । हालसम्म १६ लाख ९४ हजार ३ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ७१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ९८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?