काठमाडौं । नेपाल विश्व हिन्दू महासंघले नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने माग दोहोर्याएको छ । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गर्दै विश्व हिन्दु महासंघले कपिलवस्तु तौलिहवा र्यालीमा निकाल्दै आज प्रदर्शन गरेको छ ।
दलहरूको स्वार्थका लागि कायम गरिएको धर्मनिरपेक्षताका कारण मुलुक धार्मिक युद्धमा जान लागेको भन्दै महासंघले सबै धर्माबलम्वी, भाषा–भाषी, जातजातिको साझा थलोको रूपमा रहेको नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने माग राखेको हो ।

त्यस्तै महासंघको जिल्ला कार्य समिति कपिलवस्तुले पाकिस्तानको इस्लामाबादमा निर्माणाधीन पहिलो ऐतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न रोक लगाएको प्रति भत्सर्ना गरेको छ। महासंघले र्यालीपछि कोण सभा गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरूद्द चर्को नाराबाजी गरेको थियो ।

महासंघका जिल्ला अध्यक्ष उदयभान यादवले अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँको सरकारले दमन गरिरहेको आरोप लगाए ।
उक्त कार्यक्रममा जिल्ला सदस्य मनोज पाण्डे,राहुल चौधरी ,विजय यादव , राजकुमार यादव , नितिश श्रीवास्तव , गणेश श्रीवास्तव , लगायत युवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया