भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, बिहीवार अहिलेसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ६२८ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३९ लाख ४३ हजार ८०८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८२ लाख ७६ हजार ८८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ९३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसबाट अहिलेसम्म २५ हजार ६०९ जनाको मृत्यु भईसकेको छ भने १० लाख ५ हजार ६३७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ लाख ३६ हजार ६०२ जना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बिहीवार भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

त्यहाँ बिहीवार मात्रै ३५ हजार ४६८ जना संक्रमित थपिएका हुन् भने ६८० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?