अमेरिकामा यस्तो छ कोरोना महामारीको पछिल्लो अपडेट

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४० हजार ५ सय २६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३२ हजार २ सय २२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३६ लाख ४९ हजार ४९ पुगेको छ । हालसम्म १६ लाख ४७ हजार ७ सय ६१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ८९ हजार २ सय २२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ३८ लाख १० हजार २ सय ४७ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ८२ लाख १७ हजार ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ९ सय ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?