काठमाडौं । मार्चसम्म भारतमा ६ करोड बढीमा संक्रमण देखिने कोरोना संक्रमणलाई लिएर भारतीय विज्ञान संस्थान (आईआईएससी) ले एक प्रक्षेपण गरेको छ ।
यसअनुसार कोरोना नियन्त्रणको स्थिती अति राम्रो रहेको अवस्थामा पनि मार्च २०२१ सम्म संक्रमितको संख्या ३७ लाख ४ हजारसम्म पुग्ने सक्ने जोखिम छ ।
सबैभन्दा खराब अवस्थामा यस दौरान मार्चसम्म ६ करोड १८ लाख मानिस संक्रमित हुनेछन् ।
आईआईएससी मोडल संक्रामक रोगको गणितिय नमूनामा एक संकेत हो र यो देशको कोभीड–१९ तथ्याङ्क र यस वर्ष २३ मार्चदेखि १८ जुनबीच देखिएको कोरोना संक्रमणका घटनामा आधारित छ ।
यद्यपी, अहिले भारतमा कोभीड–१९ को अवस्था नियाल्दा यो अनुमान भविष्यमा फरक हुने सम्भावना पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया