काठमाडौं । कोरोना भाइरसको भ्याक्सिन विकासमा जुटिरहेका बेलायत, अमेरिका र क्यानडाका संस्थाहरुविरुद्ध निशाना साँध्ने कोसिसमा रुसी ह्याकरहरु सक्रिय रहेको चेतावनी बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसिएससी ले दिएको छ ।
यस दाबीमा क्यानेडियन कम्युनिकेशन सेक्युरिटी इस्टाब्लिसमेन्ट (सिएसई), अमेरिकाको सिआईएसए र नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) को पनि समर्थन रहेको एनसिएससीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
ह्याकरहरुले रुसी गुप्तचर संस्थाको अंगका रुपमा काम गरिरहेको एनसीएससीको दाबी छ । एनसीएससीका अनुसार ह्याकरहरुको समूहले कोभीड–१९ भ्याक्सिन विकाससँग सम्बन्धित सुचना चोर्ने प्रयासका लागि मालवेयर प्रयोग गरेका थिए । एनसिएससीका अपरेशन निर्देशक पल सिचेस्टरले यसलाई ‘लाजमर्दो’ भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया