हालसम्म कोरोनाबाट ३९ जनाको मृत्यु, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा हालसम्म कोरोनाको कारण ३९ जनाको ज्यान गएको छ । प्रदेश नं १ मा हालसम्म कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । त्यस्तै कुल मृतक मध्ये सबैभन्दा धेरै प्रदेश नं ५ मा १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ । नेपालमा बितेको २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २ सय १३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कुन प्रदेशमा कति छन् मृतक ?

प्रदेश नं १ मा शुन्य

प्रदेश नं २ मा ५ जना

बाग्मती प्रदेशमा ९ जना

गण्डकी प्रदेशमा ५ जना

प्रदेश नं ५ मा १० जना

कर्णाली प्रदेशमा ४ जना

सुदूरपश्चिम प्रदेशमा ६ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?