घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, यस्तो छ प्रादेशीक विवरण

काठमाडौं । नेपालमा हाल २३ हजार ५ सय जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै मानिस क्वारेन्टाइनमा रहेका छन् । जहाँ ६ हजार ३ सय १२ जना रहेका छन् । भने सबैभन्दा कम बाग्मती प्रदेशमा रहेका छन् । जहाँ १ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।

नेपालमा हाल ६ हजार ५६ जना संक्रमित रहेका छन् । बितेको २४ घण्टामा थप १ सय ६७ जना संक्रमण पुष्टि भएको छ ।

हालसम्म ११ हजार २ सय ४९ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार सबैभन्दा बढी संक्रमित सुदूरपश्चिम प्रदेशमा रहेका छन् । जहाँ २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत छन् । त्यस्तै सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् । जहाँ ६७ जना संक्रमित रहेका छन् ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

प्रदेश नं १ मा २ हजार ९ सय १४ जना

प्रदेश नं २ मा २ हजार ६ सय ७३ जना

बाग्मती प्रदेशमा १ हजार ७ सय ६५ जना

गण्डकी प्रदेशमा ३ हजार ८ सय ३७ जना

प्रदेश नं ५ मा ४ हजार २ सय २८ जना

कर्णाली प्रदेशमा १ हजार ७ सय ७१ जना

सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय १२ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?