काठमाडौं । नेपालमा थप २१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ११ हजार २ सय ४९ रहेको छ । आजथप २ सय १३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका जानकारी दिए । का अनुसार नेपालमा कुल संक्रमित मध्ये ६४.८५ प्रतिशत संक्रमित कोरोना मुक्त भएका छन् ।
कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएकाको प्रादेशीक विवरण
प्रदेश नं १ : ७४४
प्रदेश नं २ : २५३८
वाग्मती प्रदेश : ४०६
गण्डकी प्रदेश : ९३५
प्रदेश नं ५ : ३५३७
कर्णाली प्रदेश : १४७९
सुदूरपश्चिम प्रदेश : १६१०
त्यस्तै, नेपालमा आज (बिहीवार) थप १६७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ । नेपालमा हिजो (बुधवार) ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया