काठमाडौंमा थपिए १ जना संक्रमित

काठमाडौं – बितेको २४ घण्टामा गरिएको ४ हजार ९ सय ८१ वटा नमूनाको पिसिआर जाँचमा क्रममा काठमाडौंका थप १ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो काठमाडौंमा ७ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंमा १ सहित देशभर बितेको २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

हाल नेपालमा विभिन्न स्थानमा २३ हजार ५०० जना क्वारेन्टाईनमा छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिललो २४ घण्टामा २१३ जना संक्रमणमुक्त भएसँगै कुल निको हुनेको संख्या ११ हजार २४९ पुगेको छ ।

यसैले नेपालमा हाल जम्मा ६ हजार ५६ जना ‘एक्टिभ केस’ अर्थात् उपचाररत छन् ।

पछिल्लो २ सातादेखि देशभरको कोरोना संक्रमितको संख्या ओरालो लागेको छ । तर काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा संक्रमित थपिईरहेका छन् । तर बितेको ४८ घण्टामा भक्तपुर र ललितपुरमा संक्रमित थपिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?