बालुवाटारमा नेकपाको बातचित : प्रचण्डले दोहोर्‍याए – ‘राजीनामा दिनुस्’, ओलीको जवाफ- ‘दिन्न’

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद पछिल्लो समय सतहमा नै आएको छ । दुई अध्यक्षबीचको शक्ति समिकरणको विषयलाई लिएर देखिएको विवादले स्थायी कमिटी प्रभावित भएको छ ।

१३ दिनयता ७ पटक ओली र प्रचण्डबीच छलफल गर्नको लागि भेटवार्ता भएको छ । तर उपलब्धी शून्य । हरेक भेटमा प्रचण्ड ओलीलाई प्रस्ताव गर्छन् – ‘राजीनामा दिनुस् ।’ ओलीको अडान कायम छ ।

दुई अध्यक्षबीचको पटक – पटकको वार्तामा यहि कुरा दोहोरीरहेका कारण आज बसेको बैठकमा हिजोको सहमतिअनुसार नेता नेपालको ‘ईन्ट्रि’ भयो ।

बैठकमा प्रचण्डले राजीनामाको कुरा दोहोर्याए । तर ओलीले पूरानै जवाफ दिए – ‘दिन्न।’

दुई अध्यक्षको कुरा नमिल्दा स्थायी कमिटी बैठक पटक पटक गरेर स्थगित हुँदै आएको छ ।

यस्तो तौलतरीकाले जनमानसमा पार्टी पंक्तिप्रति नकारात्मक सोँच उत्पन्न हुनसक्ने भन्दै स्थायी कमीटि सदस्यले दुई अध्यक्षलाई मिलेर जान सुझाएका छन् ।

यसैअनुसार ओलीलाई भेट्न बालुवाटार पुगेका पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग राजीनामाको लागि आग्रह गरेका छन् । तर ओलीले पूरानै जवाफ फर्काए अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्दिन ।

यसैबीच बिहान खुमलटारस्थित प्रचण्ड निवासमा प्रधानमन्त्रीको राजीनामा माग्ने अडान कायम राख्ने सहमति भएको थियो । बालुवाटार बैठक अघि प्रचण्ड निवासमा ६ सचिवालय सदस्यको भेला भएको थियो ।

खुमलटारस्थित प्रचण्ड निवासमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल सहभागी भएका थिए । त्यसपछि बैठकको कुराकानीबारे नेता वामदेव गौतमलाई ब्रिफिङ भएको थियो ।

प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटी बैठकमा नै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग राखेका थिए । तर ओली त्यसमा सहमत छैनन् ।

त्यसैले स्थायी कमीटि बैठकमा बहुमतबाट निर्णय गर्दा पार्टी विभाजनसम्म हुनसक्ने स्थितीलाई मध्येनजर गर्दै नेताहरुले बैठक स्थगित गरेर अध्यक्षद्वयलाई छलफलबाट सहमति खोज्ने जिम्मा दिएका छन् । तर १३ दिनयता ७ पटक भेटेका ओली र प्रचण्डबीच कुरा मिलेको छैन ।

त्यसमाथि पछिल्लो समय ओलीले दिएका विभिन्न अभिव्यक्तिको कारण उनी विवादमा आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?