भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, बुधवार थपिए यति ठूलो संख्या संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ५ लाख ८६ हजार ७७६ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३६ लाख ९० हजार २१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८० लाख ३६ हजार ६०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ६१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार ९२९ जनाको मृत्यु भएको छ भने ९ लाख ७० हजार १६९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६ लाख १३ हजार ७३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा बुधवार अहिलेसम्मकै उच्च कोरोना संक्रमितको संख्या थपिएको छ । हिजो बुधवार भारतमा ३२ हजार ६८२ जना संक्रमित थपिएका हुन् भने ६१४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?