२०७८,बैशाख,३०,बिहीवार

मन्त्री विश्वकर्माद्वारा पहिरोका घाइतेको जानकारी


कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले गत असार २६ गते राति पोखरा महानगरपालिका–२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई भेटी उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिई शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

पहिरोले टङ्कबहादुर थापाको घर पुरिँदा पाँच जनाको ज्यान गएको थियो भने आठ जना घाइते भएकामा दुई जनाको मणिपाल तथा तीन जनाको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा घाइते भएका तीन जना भने उपचारपछि घर फर्किएका छन् । मणिपालमा रश्मी र आशा थापा तथा पश्चिमाञ्चल अस्पतालमा पिङ्की र पिरिसा थापा तथा सरस्वती श्रेष्ठको उपचार भइरहेको छ ।

त्यस अवसरमा मन्त्री विश्वकर्माले सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताउँदै घरबार विहिन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत व्यवस्थापन गरिने जानकारी दिए । रासस

प्रकाशित मिति: २०७७,श्रावण,१,बिहीवार ०७:११


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिले केहि समयलाई सांसदको संख्या गन्ने काम रोकिने

धादिङ। कोभिड-१९ को नयाँ भेरियन्टको महामारीबाट जनतालाई बचाउन नेकपा एमालेले पार्टी कार्यालय समेत कोभिड अस्पतालका लागि उपलब्ध गराउने भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । सोमवार ओलीले संसदबाट विश्वासको मत लिनबाट

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१