आज थपिएका ११६ संक्रमित कुन प्रदेशका कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप  ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुने मध्ये सबैभन्दा धेरै कर्णाली प्रदेश र सबैभन्दा कम प्रदेश नं ५ मा रहेको छ । कर्णाली प्रदेशमा ४० र प्रदेश नं ५ मा १ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ ।

त्यस्तै आज थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहतका ३६ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

कुन प्रदेशमा कति थपिए कोरोना संक्रमित ?

प्रदेश नं १ मा ३ जना

प्रदेश नं २ मा २४ जना

बाग्मती प्रदेशमा १८ जना

गण्डकी प्रदेशमा २७ जना

प्रदेश नं ५ मा १ जना

कर्णाली प्रदेशमा ४० जना

सुदूरपश्चिम प्रदेशमा ३ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?