नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु, मृतक संख्या ३९ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट जिल्ला पराहा नगरपालिका वडा नं ७ निवासी ३६ वर्षीय पुरुष रहेका छन् । उनको बुधवार दिउँसो २ः३० बजे उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनी दाइको पनि कोरोनाको कारण मृत्यु भएको थियो ।

उनी दाइको अन्तिम संस्कारको लागि भारतको बेङलोर गएका थिए । उनी गत असार २४ गते नेपाल फर्किएर रौतहटको पराहाको क्वारेन्टाइनमा बसेका थिए । उनमा गत असार २९ गते रुघाखोकी, ज्वरो तथा स्वास प्रश्वासका कारण उपचारका लागि नारायणी अस्पताल विरगञ्जको आइसोलेसनमा राखि उपचार गरिरहेको थियो ।

कोरोना संक्रमणको आशंकामा सोही दिन नमुना संकलन गरि हेटौँडा प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । आज आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए । प्रवक्ता गौतमका अनुसार उनको स्वास्थ्यमा समस्या आएसँगै आज बिहानबाट उनको भेन्टिलेटरमा राखि उपचार भइरहेको थियो ।

यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

नेपालमा आज (बुधवार) थप ११६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता  गौतमले नेपालमा बितेको २४ घण्टामा ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

नेपालमा हिजो (मंगलवार) ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?