घर भत्काएको रिस यात्रुमाथि, २१ जनाको मृत्यु

काठमाडौं । आफ्नो घर सरकारले भत्काएको कारण एक बस ड्राइभरले त्यसको सबै रिस यात्रुहरुमाथि पोखेका छन् ।

उनले जानबुझ यात्रुहरुले भरिएको बस तलाउमा खसालेका छन् । जसका कारण २१ जनाको मृत्यु भएको छ । साथै १५ जना घाईते भएका छन् ।

चीनको गुईझोउ प्रान्तका पुलिसहरुका अनुसार ड्राइभरले पाँच लेनको रोड क्रस गर्ने क्रममा बसलाई तलाउमा खसालेका थिए ।

मर्नेमा ड्राइभरसहित पाँच बच्चा

चीनको सरकारी मिडिया सेन्ट्रल टेलीभिजन (सीसीटिभी) का अनुसार उक्त बसमा १२ जना छात्र सवार थिए, जसमध्ये पाँच जनाको मृत्यु भएको छ । जसमा ड्राइभर स्वयं रहेका छन् ।

दुर्घटनाको दिन सरकारले भत्काइदिएको थियो घर

पुलिसका अनुसार झंग नामका ति ड्राइभर आफ्नो जीवनलाई लिएर सन्तुष्ट थिएनन् । उनको घरलाई स्थानीय प्रशासनले भत्काइदिएको थियो । जसपछि उनी मानसिक रुपमा तनावग्रस्त बनेका थिए ।

सरकारले उनको घरलाई टाउन रिकन्स्ट्रक्शन प्रोजेक्टको कारण भत्काएको थियो । उक्त व्यक्तिले बस चलाउनु भन्दा अगाडि रक्सी किनेको र पिएको बताइएको छ ।

साथै उनले प्रेमीकालाई विच्याटबाट म्यासेज पठाएका थिए । उनले म्यासेजमा आफ्नो जीवनको नैराश्यताको बारेमा बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?