काठमाडौं । कोरोना भाइरसको कहर अहिले विश्वका २१३ वटा देशहरुमा जारी छ । कोरोना महामारीलाई लिएर मानिसहरुको लापर्वाहीको घटनाहरु त हामीले सुन्दै आएका नै छौँ । यस्तै एएटा घटना अमेरिकाको टेक्सास राज्यमा पनि भएको छ ।
त्यहाँ एक व्यक्तिले कोरोना भाइरसबाट निको भएको खुशीमा एक पार्टीको आयोजना गरेका थिए । उक्त पार्टीमा उनले केहि मानिसहरुलाई बोलाएका थिए । उक्त पार्टीमा एक ३० वर्षीय युवक पनि गएका थिए । उक्त पार्टीमा गएको दुई दिनपछि उक्त युवकको मृत्यु भएको छ ।
उनको उपचार गरेका डाक्टरले कोरोना ठिक भएपछि उनलाई डिस्चार्ज गरिएको थियो, र भनिएको थियो कि, अन्य मानिससँग टाढै रहनु, तर उनले कसैको कुरा मानेनन् र पार्टीको आयोजना गरे । जसका कारण त्यहाँ सहभागी बनेका युवकको मृत्यु भयो ।
सान एन्टोनियोको मेथोनिस्ट हस्पिटलका चीफ मेडिकल अफिसर जीन एप्पलेबीले मृतक व्यक्तिले भाइरसलाई मजाक मानेको बताएका छन् ।
त्यो पनि अमेरिकामा कोरोनाबाट १ लाख ३५ हजार जनाको मृत्यु भईसकेको अवस्थामा । मृतक व्यक्तिले उक्त कुरा उपचारका बेला नर्ससँग भनेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया