सकियो ओली-प्रचण्डको ‘वान टु वान’ वार्ता, के कुरा मिल्यो त ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बुधवार बसेको छलफल निष्कर्षविहीन टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीचको ‘वान टु वान’ वार्ता कुनै कुराको ठोस टुङ्गोमा नपुगेको स्रोतले जनाएको छ।

यसअघि मंगलवार पनि दुई अध्यक्षबीच भेटघाट तथा छलफल भएको थियो । तर कुनै निष्कर्ष ननिस्किएपछि आजको लागि बैठक तय गरी छलफल टुंगिएको थियो ।

नेकपाभित्रको आन्तरिक द्वन्द्ध चर्किएसँगै पछिल्लो समय दुई अध्यक्षबीच छलफल र वार्ताहरु भइरहेका छन् । लामो समयपछि गत असार १० गतेबाट बसेको बैठक विवादै विवादकाबीच रोकिएको छ ।

विवादका कारण गत शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्म सारिएको छ ।

यसैबीच दुवै अध्यक्षहरुले आफुनिकटका नेताहरुसँग छलफललाई अघि बढाइरहेका छन् । आज पनि ओलीसँग भेट्नुअघि प्रचण्डले माधव नेपालसँग भेटघाट गरी छलफल गरेका थिए । भने हिजो नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरी प्रम ओली भेटन बालुवाटार गएका थिए ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै अध्यक्ष प्रचण्डले ओलीको राजिनामा मागेका थिए । भने त्यसमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल तथा उपाध्यक्ष गौतम लगायतले प्रचण्डलाई साथ दिइरहेका छन् । भने ओलीले भने कुनै पनि हालतमा आफुले राजिनामा नदिने अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?