कोरोनाको प्रकोप : अमेरिकामा एकैदिन थपिए ६५ हजार भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ८१ हजार १५४ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाख ५६ हजार ३४४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७८ लाख ४७ हजार १११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ५७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ३९ हजार १४३ जनाको मृत्यु भएको छ भने ३५ लाख ४५ हजार ७७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६लाख १९५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ४६२ जनाको मृत्यु भएको छ भने ४ लाख २९ हजार २७८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ३ लाख ४५ हजार ५९८ जनालाई संक्रमण भएको छ भने ७ हजार २३५ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ४ हजार ४०९८ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार ६२९ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा मंगलवार ६५ हजार ४८८ जना संक्रमित थपिएका छन् भने ९३५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?