कोरोना कहर : भारतमा मंगलवार थपिए अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ८१ हजार १५४ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाख ५६ हजार ३४४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७८ लाख ४७ हजार १११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ५७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म २४ हजार ३१५ जनाको मृत्यु भएको छ भने ९ लाख ३७ हजार ४८७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५ लाख ९३ हजार ८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा मंगलवार मात्रै २९ हजार ८४२ जना संक्रमित थपिएका छन् ।

यो आजसम्मकै एकैदिनमा थपिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । त्यस्तै मंगलवार नै भारतमा ५८८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?