काठमाडौं । घुस रकमसहित घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओली पक्राउ परेका छन् ।
ठेक्का पट्टाको अनुमति पत्र (लाईसेन्स) बनाईदिने कार्यमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस बापतको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट गएको टोली प्रकाउ गरेको छ ।
९६ हजार ३ सय रुपैयाँ लिईसकेपछिको अवस्थामा पक्राउ गरिएको अख्तीयार दूरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रवक्ता शुरेस भुषालले जानकारी दिए ।
ओलीलाई उनकै कार्याकक्षबाट घुस रकम सहित पक्राउ गरि थप अनुसन्धानको लागी बुटवल ल्याईदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया