२०७८,बैशाख,३०,बिहीवार

कोरोना संक्रमणको हिसाबले नवौँ देश बेलायतमा यस्तो महामारीको अवस्था


काठमाडौं । कोरोना महामारीको हिसाबले बेलायत विश्वकै नवौँ मुलुकमा रहेको छ । बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ९ सय ६८ पुगेको छ । बितेको २४ घण्टामा १ हजार २ सय ४० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९१ हजार ३ सय ७३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १ सय ९१ जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ३८ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ७७ हजार ९ सय ५४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ३३ लाख ४० हजार १ सय ५६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७७ लाख ८७ हजार ८ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार १ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: २०७७,असार,३०,मंगलवार २३:५२


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड विपद व्यवस्थापन कोष स्थापना

काठमाडौं । नेपालमा हाल १ हजार बढी आइसीयूमा रहेका छन् । स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै ४२ हजार ६ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३१ हजार ७३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१