यस्तो छ छिमेकी मुलुक भारतको पछिल्लो कोरोना अपडेट

काठमाडौं । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २४ हजार ३ सय १४ पुगेको छ । बितेको २४ घण्टामा २८ हजार ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ९ लाख ३६ हजार ३ सय ६८ पुगेको छ ।

हालसम्म ५ लाख ९३ हजार १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ८७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ७७ हजार ९ सय ३३ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका १ करोड ३३ लाख ३८ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७७ लाख ६ हजार ७ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार २ सय १ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?